२०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा



दुबई साउन २४ । सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा आयोजना गर्ने जानकारी दिएको हो । भारतले भने नियमित कार्यक्रम अनुसार पुरुष ट्वान्टी–२० विश्वकपको आयोजना गर्ने अवसर पाएको हो ।

यो वर्ष हुनुपर्ने ट्वान्टी–२० विश्वकपको अर्को संस्करण भने अब सन् २०२२ मा अस्ट्रेलियामा हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण यो प्रतियोगिता पछाडि सारिएको हो ।

यस्तै आईसीसीले महिलाको वान डे विश्वकप पनि सन् २०२२ को फेब्रुअरी, मार्चमा मात्र गर्ने भएको छ । यो प्रतियोगिता न्युजिल्यान्डमा हुने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्