स्थगित भयो एन्फा साधारणसभा



काठमाडौं साउन २६ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

प्रवक्ता किरण राईले सोमबार विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताएका हुन् । कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो । यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो ।

सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको प्रवक्ता राईले बताए ।

प्रतिक्रिया दिनुहोस्