सुनको भाउमा ऐतिहासिक गिरावट, अब प्रतितोला ९५ हजार ४ सय



काठमाण्डाै,साउन २८ । लगातार उकालो लागेको सुनको मूल्य बुधबार भने ह्वात्तै घटेको छ ।

तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ बुधबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मुल्य मंगलबार तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । सुनको मुल्यमा एकैपटक धेरै रुपैयाँको गिरावट भएको यो पहिलो घटना हो । यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।

रुसले कोरोनाविरुद्धको खोप तयार गरेको घोषणा गरेकाले अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्