नेपाली बजारमा फेरि बढ्यो सुनको मूल्य, आज कति ?



काठमाडौं साउन २९ । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला ६ हजार २०० रुपैयाँले घटेको पहेँलो धातुको मूल्य बिहीबार भने दुई हजार बढीले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४०० ले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य बिहीबार बढेर प्रतितोला रु ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९४ हजार ९०० बाट बढेर रु ९७ हजार ३०० पुगेको छ ।

चाँदीको मूल्यमा पनि प्रतितोला ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्