तयारी नपुग्‍ने भन्दै यूएस ओपन नखेल्ने आन्द्रेस्कुको घोषणा



मोन्ट्रियल । कोरोना भाइरस संक्रमणको महामारीका कारण तयारी नपुग भएको भन्दै यूएस ओपनका महिलातर्फका डिफेन्डिङ च्याम्पियन बिएन्का आन्द्रेस्कुले यो वर्षको प्रतियोगिता नखेल्ने घोषणा गरेकी छिन् ।

गत वर्षको फाइनलमा २० वर्षीया क्यानडेली खेलाडीले अमेरिकाका सेरेना विलियम्सलाई पराजित गरेकी थिइन् । यसपल्टको यूएस ओपन न्युयोर्कमा अगस्ट ३१ बाट सुरु हुनेछ । यसअघि पुरुषतर्फका विजेता राफेल नाडालले पनि प्रतियोगिता नखेल्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्