राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले लिए शपथ



काठमाडौं भदौ १ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको हलमा आयोजना गरिएको कार्यक्रममा ६ बोर्ड सदस्यले शपथ लिएका हुन् । शपथ लिनेमा इन्दिरा निरौला, रिम रानाभाट, गोविन्द भट्टराई, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसी छन् ।

उनीहरुलाई युवा तथा खेलकुदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले शपथ खुवाएका हुन् । छ जनालाई नयाँ खेलकूद ऐन, २०७७ अनुसार सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्