बैंकर्स गोविन्द गुरुङको स्वरमा ‘घाउ’ गीत सार्वजनिक



काठमाडौं भदौ ५ । बैंकर्स गोविन्द गुरुङ फेरि ‘घाउ’ गीतमा गुन्जिएका छन् ।

गौतम डंगोल सन्देशको शब्द र शक्ति बल्लभको कम्पोज रहेको ‘घाउ’ बोलको गीतमा गुरुङले स्वर दिएका हुन् । लमजुङको भुलभुलेमा निम्नमध्यम वर्गीय परिवारमा जन्मेका गुरुङ अहिले सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । नेपाल कमर्स क्याम्पसबाट एमबीए गरेका गुरुङले २०४७ सालमा पहिलो पटक रेडियो नेपालमा गुरुङ भाषामा गीत रेकर्ड गराएका थिए । २०४९ सालमा आधुनिक गीत प्रतियोगितामा अडिसन दिएर पास गरेका थिए ।

गुरुङले सुमधुर स्वर भरेका ‘घाउ’ गीतको एरेन्जर मनोहर सुनामको रहेको छ भने रेकर्डिङ भोला पौडेलले गरेका छन् । उक्त गीत साउन्ड डिजाइन नक्सालमा रेकर्ड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्