सेभिया छैटौं पटक च्याम्पियन



कोलोन भदौ ६ । युरोपा लिगमा सेभिया छैटौं पटक च्याम्पियन बनेको छ । शुक्रबार राति कोलोनमा भएको फाइनलमा सेभियाले इन्टर मिलानमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो । सेभियाका डिफेन्डर डिएगो कार्लोसले रोमेलु लुकाकुलाई फल गरेपछि इन्टरले खेलको सुरुवातमै पेनाल्टी पाएको थियो । लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । यसक्रममा उनले यस सिजनमा आफ्नो गोल संख्या ३४ पुर्‍याएका छन् ।

खेलको १२औं मिनेटमा जिसस नाभास र ३३औं मिनेटमा इभर बानेगाको हेडिङलाई गोलमा परिणत गर्दै सेभियाका लागि लुक डी जोङले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै ३५औं मिनेटमा इन्टर मिलानका डिएगो गोडिनले खेललाई २–२ मा पुर्‍याए ।

खेल सकिन १६ मिनेट अगाडि डिएगो कार्लोसको ‘ओभर–हेड’ प्रहार रोमेलु लुकाकुबाट डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएको थियो । लुकाकुको आत्मघाती गोलपछि भने इन्टरको युरोपेली उपाधिका लागि १० वर्षको प्रतीक्षा कायम रह्यो ।

प्रतिक्रिया दिनुहोस्