कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिले स्वास्थ्य परीक्षण गर्न हतार नगरौं : स्वास्थ्य मन्त्रालय



काठमाडौं भदौ ६ ।

सरकारले कोरोनाको सङ्क्रमण दिनहुँ बढीरहेकाले स्वास्थ्य परीक्षण गर्दा पनि ध्यान दिन सुझाव दिएको छ ।

आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना पोजेटिभ देखिनासाथ आत्तिएर धेरै जना स्वास्थ्य परीक्षणमा जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न सुझाव दिएको छ ।

सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिले स्वास्थ्य परीक्षणका लागि ५ देखि ७ दिन पर्खनु पर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले बताए ।

सङ्क्रमितसँग सम्पर्कमा रहनासाथ गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले स्वास्थ्य परीक्षणका लागि ५ देखि सात दिन पर्खनु उत्तम हुने उनले बताए ।

यो अवधिमा अरुको सम्पर्कमा नरहने गरी होम क्वरेण्टीनमा बस्न उनले आग्रह गरेका छन् । अहिले काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य परीक्षणमा ध्यान दिन सके पनि सङ्क्रमण केही कम हुन सक्ने मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्