सीपीएल टी–ट्वान्टी क्रिकेटमा सन्दीपको उत्कृष्ट बलिङ



काठमाडौं ७ भदौ । सीपीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् ।

शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । उनले निकै किफायती बलिङ गरे । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो ।

सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए । उनले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काए । नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिए । त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए । सो ओभरमा उहाँले विपक्षी टोलीलाई मात्र एक रन दिए । यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए । खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे । उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिए ।

टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो । गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाउनुभयो । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन÷तीन तथा आन्द्रे रसेलले एक विकेट लिए ।

विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्