साता दिनदेखि सुनको मूल्य लगातार ओरालो, बुधबार प्रतितोला ९६ हजार ३००



    नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्य लगातार घटिरहेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ । मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला र१० ले घटेर तोलाको एक हजार ३१० पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्