नेपालगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन



नेपालगञ्ज भदौ ११ । कोरोना भाइरसको संक्रमणका कारण गत आर्थिक वर्षमा लक्ष्यमा पुग्न नसकेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७\०७८ को साउन महिनामा ९८ करोड ७५ लाख ६ हजार रुपैयाँ लक्ष्य राखेको नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी १ अर्ब ६७ करोड ८३ लाख ६३ हजार रुपैयाँ असुली गरेको छ ।

जुन १ सय ७७ दशमलव १३ प्रतिशतले प्रगति गरेको छ । यसअघि आर्थिक वर्ष २०७६/०७७ मा १५ अर्ब ४३ करोड ७५ लाख ५ सय १४ रुपैयाँ लक्ष्य राखेकोमा नेपालगञ्ज भन्सार कार्यालयले ११ अर्ब ७७ करोड ८ सय २२ रुपैयाँ अर्थात् ७६ दशमलव २५ प्रतिशत मात्र भन्सार राजश्व असुली गरेको थियो । चालू आर्थिक वर्षमा नेपालगञ्ज भन्सार कार्यालयले १५ अर्ब १८ करोड ९२ लाख ८५ हजारको बार्षिक लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्