गीतमा पनि ‘कुलमानकै खाँचो छ’ !



काठमाडौं भदौ १२ । नेपालमा पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको खुब चर्चा चलिरहेको छ । १८/२० घन्टाको लोडसेडिङ हटाएर नेपाललाई उज्यालो दिन सफल कुलमानको चर्चा हुनुको कारण उनलाई पुनर्नियुक्ति गरियोस् भन्ने हो । भदौ २९ देखि चार वर्षे कार्यकाल सकिन लाग्दा कुलमानको नियुक्तिका लागि सामाजिक सञ्जाल र मिडियामा खुब चर्चा चलाइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पुनर्नियुक्ति दिइयो भनेर ४/५ घन्टै सामाजिक सञ्‍जाल बधाई र सूचनाले भरिए । वास्तविकमा त्यस्तो कुनै निर्णय अहिलेसम्म भएको छैन । सत्तारुढ नेकपाभित्र कुलमानलाई नै प्राधिकरणको कार्यकारीमा दोहोर्‍याउने वा विकल्प खोज्ने विषयमा अझै निचोड निस्कन सकेको देखिन्न । दलभित्रको अनिर्णयका बीच नागरिकस्तरबाट भने कुलमानको विकल्प चाहेका छैनन् । उनको समर्थनमा नेपालभित्र मात्रै नभइ अन्तर्राष्ट्रिय रुपमै सलबलाइरहन्छन् नेपालीहरु । उनको समर्थन बोलेर, सोसल मिडियामा लेखेर मात्रै भएको छैन कलाकारहरुले गीत समेत निकायलेका छन् ।

तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको एघारौँ तहका कर्मचारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ल्याएका थिए । उनले भदौ ३० गते पदभार ग्रहण गरेका थिए ।

चर्चित गायक कुलेन्द्र विकको स्वरमा ‘जय कुलमान’ निमा घिसिङ तामाङको शब्दमा नेपालका चलेका कलाकारहरुले अभिनय गरेका छन् ।

सुरेश शाही र पुष्पा बोहोराले ‘कुलमानकै छ खाँचो’ शीर्षकमा गीत पस्केका छन् ।

प्रतिक्रिया दिनुहोस्