युरोपेली वुमेन्स च्याम्पियन्स लिगको उपाधि लियोनको पोल्टामा



तस्बिर : एजेन्सी

पेरिस भदौ १५ । युरोपेली वुमेन्स च्याम्पियन्स लिगको उपाधि लियोनको पोल्टामा पुगेको छ ।

सान सबास्टिनमा भाइतबार भएको फाइनलमा उल्भ्सबर्गलाई ३–१ ले हराउँदै उपाधि कब्जा जमाएको हो । यो उसको लगातार पाँचौं पल्टको जित हो । लियोनले समग्रमा यो उपाधि जितेको यो कीर्तिमान सातौं पल्ट हो ।

प्रतिक्रिया दिनुहोस्