प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना भाइरस संक्रमण



मोरङ भदौ १५ । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विराटनगरमा सोमबार गरिएको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको घिमिरेले जानकारी दिए ।

शनिबार धनकुटामा क्वारेन्टाइन/आइसोलेसन व्यवस्थापनबारे बुझेर फर्केलगत्तै डाइरिया सुरु भएपछि मन्त्री घिमिरे क्वाटरमै बसेका थिए । मन्त्री घिमिरेले आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन र क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्