सन्दीपको विकेटले पनि जितेन जमैकाले



काठमाडौं भदौ १७ । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिएका छन् ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने सात खेलमा तीनमा जित तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्