सुनचाँदीको भाउ बिहीबार पनि घट्यो, अब सुन प्रतितोला ९६ हजार ५ सय



काठमाडौं भदौ १८ । सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । बुधबारको तुलनामा तोलामा ७ सय रुपैयाँले घटेर बिहीबार कारोबार मूल्य तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर बिहीबार तोलाको १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य निरन्तर थोरै थोरै घटिरहेको छ जसले गर्दा यसको प्रभाव नेपाली सुनचाँदीमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्