क्यारेबियन प्रियिमर लिग : जमैका तलाबाज र सेन्ट किट्सबीचको खेलमा बर्षा बाधक



काठमाडौं भदौ १९ । क्यारेबियन प्रियिमर लिगअन्तर्गत बिहीबार जमैका तलाबाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीच हुने खेलमा बर्षा बाधक बनेको छ ।

पानी परेपछि खेल रद्द हुनुअगाडि सेन्ट किट्स त्यस अवधिमा विना विकेटको क्षति ४६ रन बनाएको थियो । यो नतिजापछि उसको प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । पहिले ब्याटिङ गरेको सेन्ट किट्सको इनिङ्समा ५.४ ओभर मात्र सम्भव भएको थियो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका भने ८ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्