संजय, सरिता र रेनुले ल्याए कौरा गीत ‘झल्को आउँछ’ [भिडियोसहित]



पोखरा भदौ १९ । चर्चित कलाकारहरु संजय पुन मगर, सरिता सारु मगर र रेनु रिलामी मगरको संयुक्त प्रस्तुतिमा मौलिक कौरा गीत झल्को आउँछ सार्वजनिक भएको छ ।

संजय पुन मगरको शब्द/लय रहेको उक्त कौरा गीत स्ट्रिम नेपालको युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो । गीतमा संजय, सरिता र रेनुले स्वर दिएका छन् ।

एरेन्ज तेजेन्द्र गुरुङ, निर्देशन नेत्रबहादुर गुरुङको रहेको म्युजिक भिडियोमा, नेत्रबहादुर गुरुङ, सोम गुरुङ, सीता गुरुङ, सिर्जना आले मगरको अभिनय रहेको छ ।

छायांकन सम्पादन समिर रामदान, नृत्य निर्देशन अनिषकुमार भुज, सह नृत्य निर्देशन एलिशा गुरुङको रहेको छ । भिडियोमा अस्मिता, प्रियंका, रोशनी, इन्द्रा, दिया, रोजिना, एलिसा, मनिषाको नृत्य देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्