मेसी बार्सिलोनामै



बार्सिलोना भदौ २० । सुरुमा बार्सिलोना छाडेर अन्यत्र जान चाहेको बताएका लियोनल मेसीले ‘यू टर्न’भएर बार्सिलानामै रहने भएका छन् ।

उनले गोल डटकममा अन्तर्वार्ता दिँदै अब बार्सिलोनामै रहने निर्णय गरेको बताएका हुन् । ‘मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु, किनभने अध्यक्षले भनेका छन्, मैले क्लब छाड्ने एक मात्र उपाय भनेको ७० करोड युरो तिर्नु हो, जुन कसैका लागि पनि सम्भव छैन ।’

बार्सिलोनालाई आफूले धेरै माया दिएको र क्लबले आफूलाई धेरै दिएको उल्लेख गर्दै युरोपेली च्याम्पियन्स लिगमा खेल्ने चाहना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्