एन्सर्ज गुरुङको अभिनय र निर्देशनमा म्युजिक भिडियो सार्वजनिक



अमेरिका भदौ २१ । नायिका एन्सर्ज गुरुङको निर्देशनमा मौलिक पहिचान र संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गुरुङ भाषामा ‘ए ङोल्स्यो मारा’ बोलको म्युजिक भिडियो तयार भएको छ । उक्त भिडियोमा एन्सर्ज स्वयम् र रुथमान गुरुङले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको छायांकन अमेरिकाको न्यूयोर्क राज्यको अप स्टेट मिडल वर्ग अलबानी मसाच्युट राज्य आपपास गरिएको हो ।

भिडियो छायांकन न्यूयोर्कका चर्चित भिडियोग्राफर शम्भू मोक्तानले गरेका छन् ।

शब्द/संगीत पुरण गुरुङको रहेको गीतमा स्वर मनोज गुरुङ, ममता गुरुङले स्वर दिएका छन् । वरिष्ठ संगीतकार तेजेन्द्र गुरुङले संगीत संयोजन गरेको भिडियो सम्पादन बाल काशी गुरुङको रहेको छ । कोरियोग्राफी भने एन्सर्जकै रहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका बोला भिडियो छायांकन तीन दिन लागेको निर्माण पक्षले जनाएको छ । भिडियो निर्मातामा रुथमान गुरुङ र प्रेम गुरुङ छन् ।

स्याङ्जामा जन्मिएकी एन्सर्ज गुरुङले ‘प्हीरुमाला’, ‘मनको बाबरी’, ‘म्ले क्यु’ (बिर्साउने पानी) र ‘आमाको मन’ चलचित्र निर्माण र अभिनय गरिसकेका छन् ।

गुरुङले मौलिक भाका सालैजो, कौडा, ‘छोरीको बेदना’ तीज गीत र आधुनिक गीत ‘वियोग’ को म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्