सुनको मूल्यमा घटबढ जारी, बुधबार प्रतितोला ९६ हजार ४ सय



काठमाडौं भदौ २४ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्यमा प्रतितोला ४ सयले वृद्धि भएको जनाएको छ । म‌ंगलबारको भन्दा तोलामा ४ सय रुपैयाँले बढेर बुधबार सुनको कारोबार मूल्य ९६ हजार ४ सय रुपैयाँ तोला निर्धारण भएको महासंघले जनाएको छ ।

यस्तै, बुधबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय १५ रुपैयाँ पुगेको हो । गत साता भने चाँदीको मूल्य तोलाको १ हजार ३ सय ९५ रुपैयाँसम्म उक्लिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव हुने क्रममा नेपाली बजारमा पनि प्रभाव परेको हो ।

प्रतिक्रिया दिनुहोस्