शुक्रबार सुन प्रतितोला ९६ हजार ५०० मा कारोबार



काठमाडौं भदौ २६ । सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघद्ये जनाएको छ । यस्तै शुक्रबार तेजावी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि केही घटेको छ । बिहीबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३१० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्