भारतका संघीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना



नयाँदिल्ली भदौ २८ । पूर्ण स्वास्थ्य परीक्षणका लागि भन्दै भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् ।

उनलाई गत अगस्टको २ तारिखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ माडिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहर्का शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि आइतबार फेरी अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतीय अधिकारीहरूका अनुसार संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्