समयमै सम्झौता कार्यान्वयन नगरेको ओम्‍नी कम्पनी एक वर्षका लागि कालोसूचीमा



काठमाडौँ भदौ २९ । समयमै कोरोनासम्बन्धी स्वास्थ्य सामग्री नल्याएको ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई कालो सूचीमा राखिएको छ ।

ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचनामार्फत जानकारी दिएको हो । ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो ।

सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै ओम्नीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो । विभागले सिफारिस गरेको करिब ५ महिनापछि भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्