सुन प्रतितोलाको भाउ ६ सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य मंगलबार ९७ हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला १ हजार ३२० रुपैँयमा कारोबार भएको चाँदी आज १ हजार ३४० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्