सुनको भाउ फेरि बढ्यो, प्रतितोला ९७ हजार



काठमाडौं असोज २ । शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय निर्धारण गरिएको छ ।

बिहीबार प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएको छापावाला सुन तोलामा शुक्रबार ४ सयले बढेको हो । महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ३० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्