बायर्न म्युनिकद्वारा साल्का ८–० ले पराजित



म्युनिक असोज ३ । जर्मन बुन्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिकले शुक्रबार सेर्गे जिनाब्रीको ह्याट्रिकमा साल्कालाई ८–० ले पराजित गरेको छ ।

यस्तै त्यसमा डेब्यु गरिरहेका लेरोय साने, रोबर्ट लेवनडोस्की, लियोन गोरेटेज्का, थोमस मुलर र जमल मुसिलाले पनि गोल गरे । बुन्डेसलिगाको पहिलो दिन कुनै पनि टिमले प्राप्त गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । जनवरीयता लिगमा लगातार १७ खेलमा जितहीन रहेको साल्का बायर्नविरुद्ध निरिह जस्तै देखियो ।

प्रतिक्रिया दिनुहोस्