आईपीएल क्रिकेट : चेन्‍नाईको शानदार सुरुवात



काठमाडौं असोज ४ । आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले शानदार सुरुवात गरेको छ ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र जित हासिल गर्‍यो ।

चेन्नाइको जितमा अम्बाती रायडुले ४८ बलमा ७१ र फाफ डु प्लेसिसले ४४ बलमा नटआउट ५८ रन बनाए । अम्बाती रायडु प्लेयर अफ दी म्याच भए ।

मुम्बई इन्डियन्सका सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाएका थिए । क्विन्टन डिककले ३३, किरोन पोलार्डले १८ र सूर्यकुमार यादवले १७ रन बनाएका थिए । कप्तान रोहित शर्मा २ चौकाको मद्दतमा १२ रन बनाएर आउट भए । चेन्नाईका लुंगी निग्डीले सर्वाधिक ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्