छापावाला सुनको मूल्य ९७ हजार



काठमाडौं असोज ४ । आइतबार छापावाला सुनको मूल्य ९७ हजार र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।

यसैगरी आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्