टेलिभिजन च्यानलहरुलाई कात्तिक ७ गतेभित्र विज्ञापनरहित बनाउन संसदीय समितिको निर्देशन



काठमाडौं असोज ५ । नेपालमा प्रशारणमा रहेका टेलिभिजन च्यानलहरुलाई कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिइएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले आउँदो कात्तिक ७ गतेभित्र डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिने निर्णय गरेको हो । समितिले सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेको थियो ।

नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदैछ ।

नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ ।

प्रतिक्रिया दिनुहोस्