ई–पासपोर्ट छपाईको अन्तर्राष्ट्रिय बोलपत्र रद्द



काठमाडौँ असोज ५ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको अर्न्तराष्ट्रिय बोलपत्र रद्द सोमबार गरिदिएको छ । एक वर्षको अन्तरमा टेन्डर रद्द भएको यो दोस्रोपटक हो ।

बोलपत्रमा सहभागी ४ वटा अन्तर्राष्ट्रिय कम्पनीका केही कागजात अपुरो देखिएको र प्रक्रियागत कमजोरी देखिएकाले प्रस्तावको प्राविधिक मूल्याङ्कन समितिले दिएको सिफारिसअनुसार अन्तर्राष्ट्रिय टेन्डर रद्द गरिएको राहदानी विभागले जनाएको छ । महानिर्देशक रामकाजी खड्काका अनुसार गत बिहीबार (सेप्टेम्बर १७) को राहदानी विभागको अन्तिम निर्णयअनुसार बोलपत्र रद्द भएको हो ।

विभागले २० लाख प्रति ई–पासपोर्ट छपाईका लागि गत फागुन १९ गते टेन्डर आव्हान गरेको थियो । टेन्डर प्रक्रियामा फ्रान्स, अमेरिका, जर्मनी र चीनसहित चार देशका कम्पनीले भाग लिएका थिए । महानिर्देशक खड्काका अनुसार बोलपत्रको नयाँ टेन्डरबारे सूचना २१ दिनको म्याद तोकेर छिट्टै प्रकाशित गरिनेछ

प्रतिक्रिया दिनुहोस्