बुधबार पनि सुनको मूल्य १२ सय घट्यो



काठमाडौं असोज ७ । बुधबार पनि १ हजार २ सय रूपैयाँको गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको कारोबार मूल्य प्रतितोला ९४ हजार ३ सय रूपैयाँ निर्धारण भएको जनाएको छ । मंगलबार प्रतितोला १७ सयले घटेको थियो ।

चाँदीको मूल्यमा पनि पुनः गिरावट आएको छ। अघिल्लो दिनको भन्दा ४० रूपैयाँ घटेर चाँदी प्रतितोला १ हजार १ सय ९० रूपैयाँ भएको छ।

प्रतिक्रिया दिनुहोस्