फेरि घट्यो सुनको मूल्य, बिहीबार प्रतितोला ९३ हजार १०० मा कारोबार



काठमाडौं असोज ८ । बिहीबार सुनको प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १२० तोकिएको छ । सोमबार प्रतितोला ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला एक हजार ७००, बुधबार एक हजार २०० घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्