राजस्थान रोयल्सद्वारा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित



नयाँदिल्ली असोज १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार रोमाञ्चक खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गरी दिल्ली क्यापिटल्सजस्तै राजस्थानले पनि शतप्रतिशत विजय निकालेको हो । उसले मायंक अग्रवालले आईपीएलमा आफ्नो पहिलो शतक बनाएपछि पन्जाबले २ विकेट गुमाई २ सय २३ रन जोड्यो ।

पन्जाबका मायंकले कप्तान केएल राहुलसँग पहिलो विकेटमा १७ ओभरभित्र १ सय ८३ रनको साझेदारी गरेका थिए । सोमबार मुम्बई इन्डियन्स र बेंग्लोरबीच दुबईमा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्