फेरि बढ्यो सुनको मूल्य



काठमाडौं असोज १४ । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा बुधबार प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० तोकेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्