बार्सिलोनासँग लियोनल मेसीको ७० करोडको रिलिज क्लज सम्झौता वैध : ला लिगा



बार्सिलोना भदौ १६ । ला लिगाले बार्सिलोनासँग लियोनल मेसीको ७० करोडको रिलिज क्लज सम्झौता वैध रहेको बताएको छ ।

बार्सिलोनाले पछिल्लो पटक मेसीसँग सम्झौता नवीकरण गर्दा ७० करोडको रिलिज क्लजको सम्झौता राखेको थियो । मेसीले भने बार्सिलोनासँगको सम्झौता सकिएकाले अर्को क्लब जान पाउनुपर्ने अडान राख्दै आएका छन् ।

ला लिगाले यो सम्झौतालाई अर्को क्लबले नस्विकारेसम्म मेसी बार्सिलोना छाडेर जान नमिल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्