नृत्य निर्देशक संघ काठमाडौंद्वारा नृत्य प्रतियोगिताका विजेतालाई सम्मान



काठमाडौं असोज २६ । नृत्य निर्देशक संघ नेपाल, काठमाडौंले अन्तर्राष्ट्रिय अनलाइन नृत्य तथा गायन प्रतियोगिताबाट नृत्य विधामा प्रथम, द्वितीय र तृतीय भएका आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ ।

संघका बुद्ध लामा तितुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विजयीहरुलाई बधाई तथा सम्मान गरेको हो । कार्यक्रममा विशिष्ट अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, विशेष अतिथि केन्द्रीय महासचिव नृपध्वज खत्री, केन्द्रीय सहकोषाध्यक्ष केशव कोइराला, गायक तथा संगीतकार सुशन लामाको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS)ले अयोजना गरेको अन्तर्राष्ट्रिय अनलाइन नृत्य प्रतियोगितामा प्रथम पूर्णबहादुर स्याङ्तान, दितीय शेखर घर्ती र तृतीय रबिता मगर भएका छन् । सम्मान तथा बधाई कार्यक्रममा विजयीरुलाई सम्मान पत्र र खादा ओढाई सम्मान गरेका थिए ।

कार्यक्रम सञ्चालन भने नृत्य निर्देशक संघ नेपाल काठमाडौंका सचिव देवराज गुरुले सञ्चालन गरेका हुन् । अनलाइन नृत्य प्रतियोगिताबाट विजयीहरुले क्रमश: प्रथम हुनेले ५१ हजारसहित प्रमाण पत्र र ट्रफि पाउनेछन् भने द्धितीयले २५ हजार नगद प्रमाण पत्र र ट्रफी तृतीयले १५ हजार नगद प्रमाण पत्र र ट्रफी पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्