हाइकु : मानव महात्म्य



सुन्दर पन्त

१ .
जङ्गे ओली बा
हुकुम बक्सियोस
त्रिपल एक्का ।

२ .
कमरेड प्र.
ज्वालामुखी पर्वत
निरिहपन

३ .
सत्ताको मोह
झलनाथ खनाल
घर न घाट ?

४ .
नेता माकुने
न पार्टी न सर्कार
अमिलो मन ।

५ .
प्रवक्ता काजी
तित्राको मुखै बैरी
भाले न पोथी ।

६ .
जाली रुमाल
बामदेव गौतम
सत्ताको मोह ।

७ .
विष्णु पौडेल
हातमा लाग्यो शून्य
थाकेको ज्यामी ।

८ .
कालै छ काग
ईश्वर नै जानुन
घनचक्कर ।

९ .
निलो आकाश
न पानी न बादल
धम्मरधुस ।

१० .
जुटे न फुटे
एमाले माओवादी
थाके नेकपा !

नागार्जुन-१०, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्