विनिता गुरुङ र बिर्ख विश्‍वकर्माको स्वरमा आयो ‘मन्जरी’ म्युजिक भिडियो



काठमाडौं कात्तिक २२ । लोकप्रिय कलाकार बिर्ख विश्वकर्मा र बिनिता गुरुङको स्वरमा ‘मन्जरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गौतम शेर्पाको शब्द सिर्जना बद्री पाठकको संगीतमा रहेको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

उक्त गीतमा संगीत संयोजन केशब बडुले गरेका छ्न् । बिक्रम चौहानको कोरियोग्राफर तथा निर्देशनमा तयार भएको म्युजिक भिडियो छायांकन बुद्ध थापाको टिमले गरेको छ । म्युजिक भिडियो सम्पादन मिलन विश्वकर्माको रहेको छ ।

म्युजिक भिडियो पछिल्लो समय लाईभ दोहोरी गीतमार्फत् चर्चित बनेकी बाल कलाकार कमला घिमिरे, नायिका पूजा शर्मा, हिरोज सोनी,आर.के परियार, रोहित ओलीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्