अमेरिकी रक्षामन्त्री बर्खास्त



वासिङ्टन डिसी कात्तिक २५ । अमेरिकी रक्षामन्त्री मार्क इस्पेर बर्खास्तमा परेका छन् ।

राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले
कार्यकाल सकिनै लागेका समय रक्षामन्त्रीलाई बर्खास्त गरेका हुन् । रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन् । तर उनलाई हटाउनुको कारण भने उनले स्पष्ट पारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्