प्रचण्डकी नातिनी स्मीताको राजेश हमालसँग रोमान्स !



काठमाडौं मंसिर ४ । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका राजेश हमालसाग देखिएकी हुन् । भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुऱ्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्