पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन



काठमाडौं मङ्सिर ८ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग ९नवाज० ९पिएमएलएन० ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उहाँ हाल ९० वर्षको हुनुहुन्थ्यो । उहाँ केही समययता देखि विरामी हुनुहुन्थ्यो र लन्डनको एक अस्पतालमा उपचार गराइरहेका थिए । सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उहाँको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन् । उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्