बेलायतका प्रधानमन्त्री जोनसन अर्को महिना भारत भ्रमण जाने



लन्डन मंसिर ३० । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी महिना भारतको भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्रीका रूपमा उनको भारत भ्रमण पहिलो प्रमुख द्विपक्षीय भ्रमण रहेको उनको कार्यालयले मङ्गलबार जनाएको छ । भ्रमणका क्रममा उनले आगामी वर्ष बेलायतको आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनका भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम छ । भारतबाहेक सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिनेछ ।

अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका मुलुक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।

प्रधानमन्त्री जोनसनले आफ्नो भारत भ्रमणलाई द्विपक्षीय व्यापार सम्बन्ध र लगानीको सुदृढिकरण र रक्षा, सुरक्षा, स्वास्थ्य र जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने रहने बताइएको छ ।

बेलायतको आयोजनामा गत हप्तान्तमा सम्पन्न जलवायु सम्मेलनमा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जोनसनले भारत भ्रमण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्