फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई कोरोना संक्रमण



काठमाडौं पुस ३ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । अब उहाँ आइसोलेसनमा बस्न लाग्नुभएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उहाँ आइसोलेसनमा बस्नुहुने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । उनले आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्नुहुने पनि बिहीबार राष्ट्रतिको कार्यालयद्धारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ ।

उहाँ आगामी मंगलबार र बुधबार लेबनान जाँदै हुनुहुन्थ्यो । अब उहाँ कोरोना पोजेटिभ देखिएपछि उहाँको सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । यसैबीच फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षणमा भने उहाँको कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ ।

राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्