मल कारखानामा ग्यास चुहिँदा भारतमा २ जनाको मृत्यु, १५ घाइते



नयाँ दिल्ली पुस ८ । रासायनिक मल कारखानामा ग्यास चुहिँदा भारतमा दुई कर्मचारीको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

प्रयागराजको फुलपुरस्थित इन्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड(इफ्को) को प्लान्टमा मंगलबार राति घटना भएको हो । युरिया उत्पादन युनिटमा अमोनिया ग्यास चुहिँदा असिस्टेन्ट मेनेजर बीपी सिंह र डेपुटी मेनेजर अभय नन्दनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । काम चलिरहेका बेला ग्यास चुहिँदा भित्रै रहेका कर्मचारी-कामदार संकटमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्