बेलायतमा सोमबारदेखि धमाधम अक्सफोर्ड कोरोना भ्याक्सिन लगाइने



एजेन्सी, पुष १६ । बेलायतले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्रेजेनेका भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । उसले सोमबारदेखि भ्याक्सिन प्रयोगमा ल्याउने भएको हो । भ्याक्सिन केन्द्रहरुले आगामी हप्ताबाट खोप लगाइदिन शुरु गर्ने जनाइएको छ ।

बेलायतले ५ करोड मानिसका लागि १० करोड भ्याक्सिनको डोज माग गरिसकेको छ । बेलायती स्वास्थ्यमन्त्री माट हेनककले फाइजरको भ्याक्सिन समेत प्रयोगमा आइरहेकाले सबै जनसंख्यालाई भ्याक्सिन उपलब्ध हुने बताएका छन् ।

अक्सफोर्ड भ्याक्सिन पाउने प्राथमिक व्यक्तिहरुमा पहिलो समयमा ८० कटेका हुनेछन् । त्यसपछि ५० कटेकाहरु प्राथमिकतामा पर्नेछन् ।

यसअघि बेलायतले फाइजर कम्पनिले विकास गरेको भ्याक्सिन प्रयोगमा ल्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्