मिस तामाङको १३ औं संस्करण हुने



काठमाडौं पुस १७ । मिस तामाङ २०२१ आयोजना हुने भएको छ । एभरेष्ट फेसन होमले बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा मिस तामाङ १३ औं संस्करण हुने जानकारी दिएको हो । मिस तामाङको लागि आवेदन खुल्ला गरिएको छ ।

तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तरता दिँदै आएको होमका अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् । उनले भनिन्, ‘आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।’

सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ ।
आवेदनका फारम आजैबाट खुला गरिएको छ भने माघ ९ गते अन्तिम समय तोकिएको छ । ‘माघ १० गते छनौट गरि माघ १४ बाट तालिम सुरु हुनेछ’, अध्यक्ष ब्लोन भनिन्, ‘आवेदनका लागि एभरेष्ट फेशन होम, पुतलीसडकमा सम्पर्क गर्न सक्नेछ ।’

मिस तामाङ बिजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यसैगरी १० वटा सवटाइटल बिजेतालाई पुरस्कृत गरिनेछ ।
मिस तामाङ सहभागिताले एक महिनाको तालिम दिइनेछ । तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता दक्षता बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्