बेलायतवासी ‍सपनकुमार राईलाई उत्कृष्ट गायक अवार्ड



लन्डन पुस १९ । ख्यातिप्राप्त गायक सपनकुमार राईले नेपालमा सर्वोत्कृष्ट गायनको अवार्ड जितेका छन् ।

नेपालमा पहिलोपटक आयोजना भएको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड २०२०’ मा उत्कृष्ट गायक अवार्ड गायक राईले पाएका हुन् । सपनले गाएको ‘बाटोको काँडा हटाइदिए..’ बोलको गीतको लागि यो अवार्ड मिलेको हो ।

चर्चित संगीतकार ताराप्रकाश लिम्बूको संगीत तथा शब्द रहेको यसको गीतको म्यूजिक भिडियो करिब ६ महिनाअघि बेलायतबाट रिलिज भएको थियो । शनिबार ललितपुरमा सम्पन्न अवार्ड वितरण समारोहमा सोही गीतको म्यूजिक भिडियोसमेत निर्देशन गरेका निर्देशक मिलन चाम्सले सपनको अवार्ड थापेका थिए ।

विश्वविख्यात भारतीय गायकहरु मोहम्मद रफी, किशोर कुमार र कुमार सानुका एक से एक गीतलाई मज्जाले उनीहरुकै आवाज तथा शैलीमा गाउन सक्षम नेपाली गायक भएको कारण सपनकुमार राईलाई कतिले रफी त धेरैले किशोर कुमार तथा कुमार सानु पनि भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्