समाज

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते

चितवन,फागुन १४ । भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्  । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप सरकारले पहल गर्ने बताएका छन् ।  नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल

फरार तीन प्रतिवादी पक्राउ

धनगढी,फागुन १३ । कञ्चनपुर प्रहरीले फरार रहेका तीन जना कसुरदारलाई पक्राउ गरेको छ । विभिन्न समयमा जिल्ला अदालतले फैसला सुनाइ कसुरदार ठहर गरेपछि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो

सांसद ज्ञानेन्द्र शाहीद्वारा संसदमा हंगामा

काठमाडौं,फागुन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर गुडिरहेको बसमा बम पड्काएर नआएको भनेपछि संसदमा केहीबेर हंगामा भएको छ । सांसद शाहीले आइतबारको

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

काठमाडौं,फागुन १३ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

काठमाडौं,फागुन १३ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा कम लागतका योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन्

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौं महानगर, प्रयोग गरेको भेटिए कडा कारबाही गर्ने

काठमाडौं,फागुन १३ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ । कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही

ठेकेदारले ८ वर्षदेखि पुल अलपत्र पार्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै, मजदुरले पाएनन् १० लाख भुक्तानी

जाजरकोट,फागुन १३। नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने ८ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी/ग्याल्बा जेभीले रु १० करोड ३० लाख

अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी, भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन आवस्यक

सुदूरपश्चिम,फागुन १३ । सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको